मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल असोज ०२ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–द्घादशी, ,बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– धनिष्ठा,रातको ०४ बजेर १९ मिनेट उप्रान्त शतभिषा । योग–सुकर्मा, बेलुकी ०८ बजेर २५ मिनेट उप्रान्त धृति । करण– बालव, बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर २० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मकर,बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त कुम्भ ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान ३० घडी ३२ पला । शनि प्रदोषव्रत इन्द्रध्वजोत्थान, मतछोएक, न्हुघया ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक ऊर्जा ग्रहण गर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेको छ । पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । रचनात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा कामहरू थाती रहनेछ । पति पत्नी बीच अविश्वास बढ्ने योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरू बढेर जानेछ । साँझपख लामो दुरीको यात्रा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP