मंगलबार , अषोज २७, २०८३

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ। ओमानको अमिरत रंगशालामा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १७४ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका उनले १०५ बल खेलेर ५५ रन जोडे। त्यसक्रममा उनले ३ चौका हिर्काए। ओपनर कुशल भुर्तेल ३६ रनमा आउट हुँदा आसिफ शेखले ३ रन मात्र जोड्न सके। कुशलले ४३ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे। रोहित पौडेल २ रनमै पेभिलियन फर्के। विनोद भण्डारी २८ बलमा १० रन जोडेर आउट भए। डेब्यू खेलाडी गुल्शन झाले २८ रनको योगदान गरे। उनले ५३ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे।

कुशल मल्ल भने शून्यमै आउट भए। यसअघिका चार खेलमा कुशलले तीन खेलमा एक रन र एक खेलमा चार रन मात्र जोड्न सकेका थिए। सोमपाल कामी २ रनमा आउट हुँदा करण केसीले ११ बलमा २ चौका हिर्काउँदै १२ रन जोडे। सन्दीप लामिछाने १२ बल खेलेर ११ रनमा आउट भए। बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्करले ४ विकेट लिए। केल फिलिप्सले ३ विकेट हात पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP