शुक्रबार , जेठ ३१, २०८२

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।

ओमानको अल अमिरत रंगशालामा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालका कप्तान अर्धशतक प्रहार गरेका छन्। उनले ९१ बलमा ३ चौका हिर्काएका छन्।

उनले एकदिवसीय खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन्। अहिले कप्तान ज्ञानेन्द्र र करण केसी ब्याटिङ गरिरहेका छन्।

नेपालले ४२ ‌ओभरमा ७ विकेटको क्षतिमा १५० रन जोडेको छ।

नेपालका ओपनर कुशल भुर्तेल ३६ रनमा आउट हुँदा आसिफ शेखले ३ रन मात्र जोड्न सके।

रोहित पौडेल २ रनमै पेभिलियन फर्के। विनोद भण्डारी २८ बलमा १० रन जोडेर आउट भए।

डेब्यू खेलाडी गुल्शन झाले २८ रनको योगदान गरे। उनले ५३ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे।

कुशल मल्ल भने शून्यमै आउट भए। पछिल्ला चार खेलमा कुशलले तीन खेलमा एक रन र एक खेलमा चार रन मात्र जोड्न सकेका थिए।

यस्तै सोमपाल कामी २ रनमा आउट भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP