शनिबार , भाद्र १३, २०८३

अफगानिस्तानको पन्जसिर प्रान्त तालिवानको पूर्ण नियन्त्रणमा नरहेको पुष्टि भएको छ । त्यहाँ तालिवान र विरोधी फौजबीच युद्ध चलिरहेको खुलाइएको छ ।

अलजजिराका अनुसार पन्जसिरमा घमासान युद्ध जारी छ । विभिन्न गाउँहरुमा के भइरहेको भन्ने अज्ञात रहेको सरकारी कर्मचारीले बताएका छन् ।

पन्जसिरमा सञ्चार विच्छेद गरिएको छ । त्यहाँको अवस्थाबारे यकिन गर्न सकिएको छैन । तर, तालिवानविरोधी नेस्नल रेसिस्टयन्स फ्रन्टले तालिवानलाई कडा चुनौती दिएको पुष्टि भएको छ ।

हजारौं तालिवानविरोधी लडाकुहरु पन्जसिरमा संगठित भएर गुरिल्ला शैलीमा लडिरहेको बुझिएको छ । पहाडी क्षेत्र भएकाले तालिवानले ठूलो क्षति भोगिरहेको छ ।

तालिवानले ६ सेप्टेम्बरमा पन्जसिरमा नियन्त्रण कायम गरेको घोषणा गरेको थियो । तर, तालिवानविरोधी फौजका नेता अहमद मसुदले लडाई जारी रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP