शुक्रबार , जेठ ३१, २०८२

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।

नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलम‌ै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यस यता नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । बिहीबारको पछिल्लो खेलमा ओमानले अमेरिकालाई ४ विकेटले हरायो ।

सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार जित हात पार्ने लक्ष्यमा छ । सन् २०2० मा नेपालमै भएको लिग २ मै नेपालले अमेरिकालाई २ खेलमा पराजित गरेको थियो । त्यसैले नेपाल लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ ।

लिग २ को अंक तालिकामा ओमान १८ अंकसहित शीर्ष स्थानमा रहँदा अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित छैटौं स्थानमा छ ।
ओमानविरुद्ध नेपालको ब्याटिङ खासै चलेको थिएन । यस्तै फास्ट बलिङ पनि राम्रो हुन सकेको थिएन । त्यसैले अमेरिकाविरुद्ध नेपाली टिममा यी दुई क्षेत्रमा परिवर्तन हुन सक्छ ।

मिडल अर्डरमा नेपालको ब्याटिङ जम्न सकेको छैन । शरद भेषावकर र गुल्शन झाले आज अवसर पाउने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP