शुक्रबार , भाद्र १२, २०८३

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।

नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलम‌ै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यस यता नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । बिहीबारको पछिल्लो खेलमा ओमानले अमेरिकालाई ४ विकेटले हरायो ।

सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार जित हात पार्ने लक्ष्यमा छ । सन् २०2० मा नेपालमै भएको लिग २ मै नेपालले अमेरिकालाई २ खेलमा पराजित गरेको थियो । त्यसैले नेपाल लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ ।

लिग २ को अंक तालिकामा ओमान १८ अंकसहित शीर्ष स्थानमा रहँदा अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित छैटौं स्थानमा छ ।
ओमानविरुद्ध नेपालको ब्याटिङ खासै चलेको थिएन । यस्तै फास्ट बलिङ पनि राम्रो हुन सकेको थिएन । त्यसैले अमेरिकाविरुद्ध नेपाली टिममा यी दुई क्षेत्रमा परिवर्तन हुन सक्छ ।

मिडल अर्डरमा नेपालको ब्याटिङ जम्न सकेको छैन । शरद भेषावकर र गुल्शन झाले आज अवसर पाउने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP