मंगलबार , बैसाख २९, २०८३

चाडवाड नजिकिँदै गर्दा बजारमा म्याद नाघेका वस्तुहरु फेला पर्न थालेका छन् । सदरमुकाम तानसेनमा अनुगमन गर्दा व्यापारी तथा व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य पदार्थ तथा शृंगारका सामान बिक्री गरेको फेला परेको हो ।

जिल्लास्थित प्रशासन कार्यालय, तानसेन नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको संयुक्त अनुगमन टोलीले बुधबार तानसेनमा गरेको अनुगमनका क्रममा उक्त कमजोरी फेला पारेको हो । तानसेनमा खाद्यान्न पसल, खुद्रा पसल, कस्मेटिक पसल, निर्माण सामग्री पसल, फलफूल तथा मासु पसलमा अनुगमन गरिएको थियो । टोलीले बुधबार तानसेनको मेहलधारा, गैरागाउँ, मिसनलगायतका स्थानमा बजार अनुगमन गरेको थियो । अनुगमन टोलीले केही वर्षअघि नै म्याद गुज्रेका, नरिवल जुस, कुरकुरे, कुकिज, मसला, फ्रुटी, ओरेन्ज जुस, बदाम जुस व्यापारीले उपभोक्तलाई बिक्री गरेको फेला पारेको जनाएको छ । यस्तै, म्याद नाघेर पनि प्रयोग गर्न नमिल्ने शृंगारका सामग्री क्रिम, तेललगायतका वस्तुसमेत टोलीले जफत गरेको जिल्ला पशासन कार्यालय पाल्पाका नासु हरिप्रसाद पन्थीले बताउनुभयो ।

प्रयोगका लागि उपयुक्त नभएका सामग्री जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा मूल्यसूची टाँस नभएको, पसल दर्ता नगरी सञ्चालन गरेको, होडिङ बोर्ड नराखेको जस्ता कमजोरी भेटिएको थियो । तानसेनको विभिन्न स्थानका २८ वटा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देवीराम भण्डारीले बताउनुभयो । घरेलु कार्यालयले तयार गरेको कार्ययोजनाअनुसार उपभोक्ताको खाद्य अधिकार स्थापित गर्न र बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न बजार अनुगमन गरिएको उहाँले बताउनुभयो ।

पाल्पामा विगत लामो समयदेखि निषेधाज्ञा भएका कारण गोदाम तथा पसलमा स्टोर भएका सामग्री बिक्री भएको पाइएको अनुगमनमा सहभागीहरुले बताएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP