मंगलबार , बैसाख २९, २०८३

तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा खसेकी पवित्रा लम्साल अझै वेपत्ता छिन् । उनको व्यापक खोजी भइरहेको छ ।पवित्रा खसेपछि हात दिएको उनीसँगै गएका दुई साथीले बताएका छन् । साथीहरुका अनुसार रक गार्डेनमा फोटो खिच्न आग्रह गरेकी थिइन् ।

देवरको फोन आएको छ भन्दै भेट्न जाने आग्रह गरेको बताइन् । कुर्नुपर्ने भन्दै जान भनेको सुनाइन् ।

टिकटक बनाउन लाग्दा वेपत्ता भनिएकी युवती पवित्रा लम्साल जोखिम मोलेर सेतीको पानीसम्म पुगेको देखिन्छ । साथीहरु चिच्याइरहँदा पनि पवित्रा तल गइन् । उनले फोटो खिच्न भनेको साथीहरुले सुनाए ।

साथीहरुले आफै हाम फालेको कि चिप्लिएको भन्दा उत्तर दिए, ‘खै !’ नजान भन्दा भन्दै गएको समेत बताए । भिडियोमा पनि साथीहरुले चिच्याएर रोक्न खोजेको सुनिन्छ ।

सँगै गएकामध्ये एक साथी देविका पौडेलले भनिन्, ‘आफै हाम फालेको जस्तो लाग्छ । डुबेपछि हात दिएको र सिमसिम पानी परेको थियो ।’

पवित्राले आफूलाई केटा मन नपरेको भनेको साथीहरुले बताए । सँगै गएकामध्ये एकले भनिन्, ‘केटा मन नपरेको र धेरै दुःख रहेछ भनिन् ।’

पवित्राको विवाह भएको समेत आफूहरुलाई जानकारी नभएको बताए । साथीहरुले भने, ‘विहान उठ्यो लिपपोत गर्यो, खाना बनाएर घाँस काट्न जानुपर्ने रहेछ । कसरी सक्ने हो मैंले भनिन् ।’

५ दिन अघि विवाह गरेर माइती पुगेकी पवित्रा तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा खसेकी हुन् । १९ वर्षीया पवित्रा दुरान फर्काउन माइतीघर गएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP