बिहिबार , जेठ २३, २०८२

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट अहिले प्रतिपक्षमा आएको भएपनि शक्तिमा कुनै परिवर्तन नआएको बताएका छन् । आज बाग्मती प्रदेशका अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् ।सम्बोधनको क्रममा उनले भने,”हिजो हामी सरकारमा थियौं, आज प्रतिपक्षमा छौं । हाम्रो भूमिका परिवर्तन भएको हो । शक्ति परिवर्तन भएको होईन । उद्देश्य परिवर्तन भएको होईन । नीतिहरु परिवर्तन भएका होईनन् । संगठनमा खासै प रिवर्तन भएको छैन् । दुई चार जना, नराम्रो भन्नु है भन्छन् । सढेका र बिग्रिएका तत्वहरु, बिग्रिन बिग्रिन खोजेकाहरु बाहिरिए । भयो त्यत्ति । पार्टी जहाँ थियो, त्यहीँ छ ।”

उनले आफूहरुले बडो दुःख गरेर नेपालमा कम्युनिष्ट पार्टी बनाएको पनि स्मरण गराए । उनले भने,”हिजो हामीले दुःख कष्ट गरेर पार्टी बनाएका हौं । नेपालमा सबभन्दा ठूलो पार्टी र शक्तिको रुपमा, जनताको भरोसाको रुपमा । केन्द्रको रुपमा यस पार्टीलाई उभ्यायौं । कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउँदै ल्यायौं । एमाले र माओवादी केन्द्रलाई मिलाएर मूलभुत रुपमा एकीकरणपनि टुँग्यायौं । दुई तिहाईको शक्ति तयार भयो । बाहिरबाट कसैले हल्लाउन नसक्ने शक्ति तयार भयो । ६ वटामा हाम्रो सरकार बन्यो । स्थानीय तहमा दुई तिहाईभन्दा बढिमा कब्जा थियो । केहीलाई ईष्र्या भावले पोल्यो । केहीलाई व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पोल्यो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु