आइतबार , भाद्र १४, २०८३

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले दुःख पाएको आफूले टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले समाजसेवा केन्द्र खोल्न लागेको बताउनुभएको छ ।

रुपन्देहीको बृहत् कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले आफू र आफ्नो दल सरकारमा रहे पनि वा बाहिर जहाँ भए पनि सँधै जनहितमा लागिरहने उल्लेख गर्नुभएको छ ।

तर त्यस विपरीत वर्तमान सरकार र उसको गठबन्धनले जनताको आशा र भरोसा तोड्ने काम गरेको आरोप उहाँले लगाउनुभएको छ । अहिलेको सरकार भूमि आयोग विघटन गरेर होस् या पूर्वाधारको बजेट कटाएर भए पनि जनताको खुशी छिनाल्न प्रयासरत रहेको ओलीले उल्लेख गर्नुभयो ।

आफूले भत्केको धरहरा र रानीपोखरीको पुनर्निर्माण गरेको तर अहिलेको सरकारले नभत्किएको घण्टाघर भत्काउने तयारी गरेको आरोप लगाउनुभयो ।

उहाँको ठहर छ, ‘हेर्दै जानुहोला घण्टाघर भत्काए भने त्यो बनाउन फेरि एमालेकै सरकार आउनुपर्छ । यिनीहरुले भत्काउलान् तर बनाउँदैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP