मंगलबार , जेठ २८, २०८२

सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको सरुवा गरेको हो । गृह मन्त्रालयले आज ती १६ सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउँदै काज सरुवा गरेको हो ।

गृह मन्त्रालयका घनश्याम उपाध्यायलाई गृह मन्त्रालयबाट ललितपुरका प्रजिअ, रुद्रादेवी शर्मालाई गुल्मी प्रजिअबाट भक्तपुर प्रजिअमा, पुण्यविक्रम पौडेललाई गृह मन्त्रालयबाट गुल्मी जिल्लाको प्रजिअ, शंकरहरि आचार्यलाई गृह मन्त्रालयबाट गोरखाको प्रजिअमा, काशीराज दाहाललाई गृह मन्त्रालयबाट मोरङको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै, कोषहरि निरौलालाई मोरङ प्रजिअबाट गृह मन्त्रालयमा, दीपककुमार पहाडीलाई गृह मन्त्रालयबाट रामेछाप प्रजिअमा, नुरहरि खतिवडालाई गृहबाट संखुवासभा प्रजिअमा, टेकनारायण पौडेललाई संखुवासभा प्रजिअबाट गृहमा सरुवा गरिएको छ ।

यसै गरी टेकराज निरौलालाई गृहबाट दोलखा प्रजिअमा, वासुदेव घिमिरेलाई दोलखा प्रजिअबाट गृहमा, ढुण्डप्रसाद निरौलालाई ललितपुर प्रजिअबाट गृह मन्त्रालय, आस्मान तामाङलाई रूपन्देही प्रजिअबाट चितवन प्रजिअ‍ेमा, कृष्णप्रसाद लम्साललाई गृहबाट धादिङ प्रजिअमा, वीरेन्द्रकुमार यादवलाई गृहबाट उदयपुर प्रजिअमा र ऋषिराम तिवारीलाई गृहबाट रूपन्देही प्रजिअमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु