मंगलबार , बैसाख २९, २०८३

सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको सरुवा गरेको हो । गृह मन्त्रालयले आज ती १६ सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउँदै काज सरुवा गरेको हो ।

गृह मन्त्रालयका घनश्याम उपाध्यायलाई गृह मन्त्रालयबाट ललितपुरका प्रजिअ, रुद्रादेवी शर्मालाई गुल्मी प्रजिअबाट भक्तपुर प्रजिअमा, पुण्यविक्रम पौडेललाई गृह मन्त्रालयबाट गुल्मी जिल्लाको प्रजिअ, शंकरहरि आचार्यलाई गृह मन्त्रालयबाट गोरखाको प्रजिअमा, काशीराज दाहाललाई गृह मन्त्रालयबाट मोरङको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै, कोषहरि निरौलालाई मोरङ प्रजिअबाट गृह मन्त्रालयमा, दीपककुमार पहाडीलाई गृह मन्त्रालयबाट रामेछाप प्रजिअमा, नुरहरि खतिवडालाई गृहबाट संखुवासभा प्रजिअमा, टेकनारायण पौडेललाई संखुवासभा प्रजिअबाट गृहमा सरुवा गरिएको छ ।

यसै गरी टेकराज निरौलालाई गृहबाट दोलखा प्रजिअमा, वासुदेव घिमिरेलाई दोलखा प्रजिअबाट गृहमा, ढुण्डप्रसाद निरौलालाई ललितपुर प्रजिअबाट गृह मन्त्रालय, आस्मान तामाङलाई रूपन्देही प्रजिअबाट चितवन प्रजिअ‍ेमा, कृष्णप्रसाद लम्साललाई गृहबाट धादिङ प्रजिअमा, वीरेन्द्रकुमार यादवलाई गृहबाट उदयपुर प्रजिअमा र ऋषिराम तिवारीलाई गृहबाट रूपन्देही प्रजिअमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP