आइतबार , भाद्र १४, २०८३

१ असोजदेखि कास्कीभर लकडाउन पूर्ण रूपमा खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सबै क्षेत्र अब खुला हुनेछन् ।

दैनिक क्रियाकलाप गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरू भौतिक उपस्थितिमा संचालन गर्न सकिने निर्णय गरिएको छ । अब होटल तथा रेस्टुरेन्टहरू राति ११ : ३० बजेसम्म खोल्न पाइनेछ भने नाचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरू राति १ : ३० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।पोखरा महानगरले पनि १ गतेदेखि नै नगरभित्रका सबै स्कुल भौतिक उपस्थितिमा खुला गर्न सूचना जारी गरेको छ ।

नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सम्पूर्ण विद्यालय, पूर्वप्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्र खोल्ने निर्णय गरेको हो । भौतिक रूपमा खुलाउँदा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न र विद्यालय संचालन कार्यढाँचा, २०७७ अनुरूप संचालन गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP