मंगलबार , बैसाख १६, २०८२

१ असोजदेखि कास्कीभर लकडाउन पूर्ण रूपमा खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सबै क्षेत्र अब खुला हुनेछन् ।

दैनिक क्रियाकलाप गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरू भौतिक उपस्थितिमा संचालन गर्न सकिने निर्णय गरिएको छ । अब होटल तथा रेस्टुरेन्टहरू राति ११ : ३० बजेसम्म खोल्न पाइनेछ भने नाचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरू राति १ : ३० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।पोखरा महानगरले पनि १ गतेदेखि नै नगरभित्रका सबै स्कुल भौतिक उपस्थितिमा खुला गर्न सूचना जारी गरेको छ ।

नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सम्पूर्ण विद्यालय, पूर्वप्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्र खोल्ने निर्णय गरेको हो । भौतिक रूपमा खुलाउँदा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न र विद्यालय संचालन कार्यढाँचा, २०७७ अनुरूप संचालन गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP