आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसले काठमाडौंलगायत थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाका क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको बताए।

क्रियाशील सदस्यता विवादित रहेका २१ जिल्लामध्ये आज ७ जिल्लाको नाम पार्टीको वेबसाइट मा राखिएको छ।

कांग्रेसले यसअगाडि ५६ जिल्लामा वडा अधिवेशन गरिसकेको छ।

सबैभन्दा धेरै विवाद प्रदेश नम्बर २ मा छ। प्रदेश २ का ८ मध्ये कुनै पनि जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएको छैन।

संयोजक यादवले प्रदेश नम्बर २ का विभिन्न जिल्लाको नाम पनि निर्वाचन समितिमा आएको बताए।

‘केही जिल्लाका क्रियाशीलको नाम पार्टीले हामीलाई उपलब्ध गराएको छ। तर आठै जिल्लाको नाम प्राप्त भएपछि एकैपटक सार्वजनिक गर्ने भनेर आंशिक रूपमा सार्वजनिक गरिएन,’ यादवले भने।

क्रियाशीलको सूची सभापति शेरबहादुर देउवाले निर्वाचन समितिमा पठाएका हुन्।

सभापतिले क्रियाशीलको अन्तिम सूची पठाएपछि निर्वाचन समितिबाट पार्टी वेबसाइटमा राखेर सार्वजनिक गरिने वैधानिक व्यवस्था कांग्रेसमा छ।

कांग्रेसले २१ जिल्लामा असोज ५ का लागि वडा अधिवेशन तोकेको छ। काठमाडौंलगायत क्रियाशील सूची सार्वजनिक भएका जिल्लामा असोज ५ मा अब अधिवेशन हुने भएको छ।

काठमाडौंमा मात्रै कांग्रेसका २० हजार क्रियाशील सदस्य छन्। यसपाली कांग्रेसले स्वदेश र विदेशस्थित जनसम्पर्क समिति गरी कूल ९ लाख जनालाई क्रियाशील सदस्य बनाएको छ।

कांग्रेसले असोज ९ मा गाउँ/नगर अधिवेशन गर्दैछ। त्यसअगाडि नै वडा अधिवेशन गर्नुपर्ने हुन्छ। पालिका तहको अधिवेशनमा वडा सभापति र क्षेत्रीय सभापति मतदाता हुन्छन्।

कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा गर्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP