मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार हुती नभएको आरोप लगाएका छन् । विदेशीसँग देशको पक्षमा बोल्न नसक्ने, बजेट नल्याएर बेखर्ची हुने सरकार हुती नभएको ओलीको छ । अघिल्लो सरकारले शिलान्यास गरेका सडक निर्माण गर्ने हुती नभएर स्थगित गरेको आरोप पनि उनले लगाए ।

रुपन्देहीमा भएको एमालेको कार्यकर्ता भेलामा ओलीले कांग्रेस भोकै बस्ने तर बाटो नछेक भनेर भारतलाई भन्न नसक्ने पार्टी भएको आरोप पनि लगाए ।
उनले आफ्नै पार्टीका मान्छे बिग्रिएर कांग्रेसले प्रधानमन्त्री पाएको समेत बताए ।उनले आफ्नो सरकारले गरेका कामको प्रशंसा गर्दै भने ,‘सिद्दबाबा सुरुङ मार्ग, विमानस्थल, लुम्बिनी, बुटवल नारायणगढ सडक हेरे पुग्छ कसैले के गर्यो भनेर।’ ओलीले लोकतन्त्रमा परमादेशबाट प्रधानमन्त्री तोक्ने काम भएको बताए।

‘हामीलाई सरकारमा बसेर चुनाव जित्न पर्दैन, जनताको साथ लिएर चुनाव जित्छौ,’ उनले भने, ‘१४ महिना जनतालाई कष्ट हुने भो।’ अधिकाश समय उनले सरकार र माधव नेपाल पक्षका नेतालाई गाली गर्न खर्चिए । रुपन्देही जिल्ला स्तरिय भेलामा ओलीसँगै नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, टोपबहादुर रायमाझी लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP