बुधबार , असार ४, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार हुती नभएको आरोप लगाएका छन् । विदेशीसँग देशको पक्षमा बोल्न नसक्ने, बजेट नल्याएर बेखर्ची हुने सरकार हुती नभएको ओलीको छ । अघिल्लो सरकारले शिलान्यास गरेका सडक निर्माण गर्ने हुती नभएर स्थगित गरेको आरोप पनि उनले लगाए ।

रुपन्देहीमा भएको एमालेको कार्यकर्ता भेलामा ओलीले कांग्रेस भोकै बस्ने तर बाटो नछेक भनेर भारतलाई भन्न नसक्ने पार्टी भएको आरोप पनि लगाए ।
उनले आफ्नै पार्टीका मान्छे बिग्रिएर कांग्रेसले प्रधानमन्त्री पाएको समेत बताए ।उनले आफ्नो सरकारले गरेका कामको प्रशंसा गर्दै भने ,‘सिद्दबाबा सुरुङ मार्ग, विमानस्थल, लुम्बिनी, बुटवल नारायणगढ सडक हेरे पुग्छ कसैले के गर्यो भनेर।’ ओलीले लोकतन्त्रमा परमादेशबाट प्रधानमन्त्री तोक्ने काम भएको बताए।

‘हामीलाई सरकारमा बसेर चुनाव जित्न पर्दैन, जनताको साथ लिएर चुनाव जित्छौ,’ उनले भने, ‘१४ महिना जनतालाई कष्ट हुने भो।’ अधिकाश समय उनले सरकार र माधव नेपाल पक्षका नेतालाई गाली गर्न खर्चिए । रुपन्देही जिल्ला स्तरिय भेलामा ओलीसँगै नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, टोपबहादुर रायमाझी लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP