बुधबार , असार ४, २०८२

के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन।

‘कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन्। तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, ‘बजार निरीक्षण गर्न गयौं। शंका लाग्यो। प्रयोगशालामा नमुना परीक्षण गर्दा मापदण्डअनुसार पाइएन।’

विभागमा मंगलबार व्यवसायीहरू फाइल बोकेर यताउता गरिरहेका थिए। वरिष्ठ औषधि व्यवस्थापक केसीको टेबलको आधा भागमा फाइलको चाङ थियो। केसी तिनै फाइलमा हस्ताक्षर गरिरहेका थिए।

कतिपयले विभागमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अवैध ढंगले उत्पादन गरिरहेका छन्। अन्नपूर्ण खोज ब्युरोको सम्पर्कमा आएका केही व्यवसायीसँग दर्ता नम्बर माग्दा उनीहरूले आनाकानी गरे। कति होलान् यस्ता कम्पनी ? यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP