बुधबार , असार ४, २०८२

काठमाडौंमा बोक्सी लागेको भन्दै कुटपिट गरेको आरोपमा श्रीमानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको लुभू बस्ने ३३ वर्षीया महिलाको पेट दुखेर स्वयम्भू ठूलो भर्‍याङमा झारफुक गराउन जाँदा बोक्सी लागेको भन्दै कुटपिट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

यसरी कुटपिट गरेको आरोपमा लुभू बस्ने श्रीमान, ४० वर्षीय सानो बुवा दिपेन तामाङ भन्ने दिपेन्द्रकुमार थिङ, मामा दशनारायण महर्जन र ३३ वर्षीय साथी जनार्दन पाण्डे पक्राउ परेका छन्।

बोक्सी लागेको भनी कुटपिट गरेको जाहेरी महानगरीय प्रहरी परिसर टेकुमा परेपछि प्रहरीले श्रीमानसहित चार जनालाई भदौ २२ गते पक्राउ गरेको हो। सिंहका अनुसार घटना १८ र १९ गते स्वयम्भूमा भएको थियो।

श्रीमतीलाई पेट दुखेपछि श्रीमानले उपचार गराउँछु भन्दै दिपेन तामाङलाई देखाउन लगेका थिए।
तामाङले ती महिलालाई हेरेपछि बोक्सी लागेको छ भन्दै कुटपिट गर्न लगाएको प्रहरीले जनाएको छ।

साथै उनीहरू चारै जनाको मिलेमतोमा महिलालाई लछारपछार गरी रातभर कुटपिट गर्नुका साथै शौचालयबाट दिशा समेत ल्याएर खुवाएको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।

उनीहरूले शरीरका विभिन्न अंगहरूमा कुटपिट गरेको आरोप छ।

सो जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP