आइतबार , भाद्र १४, २०८३

काठमाडौंमा बोक्सी लागेको भन्दै कुटपिट गरेको आरोपमा श्रीमानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको लुभू बस्ने ३३ वर्षीया महिलाको पेट दुखेर स्वयम्भू ठूलो भर्‍याङमा झारफुक गराउन जाँदा बोक्सी लागेको भन्दै कुटपिट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

यसरी कुटपिट गरेको आरोपमा लुभू बस्ने श्रीमान, ४० वर्षीय सानो बुवा दिपेन तामाङ भन्ने दिपेन्द्रकुमार थिङ, मामा दशनारायण महर्जन र ३३ वर्षीय साथी जनार्दन पाण्डे पक्राउ परेका छन्।

बोक्सी लागेको भनी कुटपिट गरेको जाहेरी महानगरीय प्रहरी परिसर टेकुमा परेपछि प्रहरीले श्रीमानसहित चार जनालाई भदौ २२ गते पक्राउ गरेको हो। सिंहका अनुसार घटना १८ र १९ गते स्वयम्भूमा भएको थियो।

श्रीमतीलाई पेट दुखेपछि श्रीमानले उपचार गराउँछु भन्दै दिपेन तामाङलाई देखाउन लगेका थिए।
तामाङले ती महिलालाई हेरेपछि बोक्सी लागेको छ भन्दै कुटपिट गर्न लगाएको प्रहरीले जनाएको छ।

साथै उनीहरू चारै जनाको मिलेमतोमा महिलालाई लछारपछार गरी रातभर कुटपिट गर्नुका साथै शौचालयबाट दिशा समेत ल्याएर खुवाएको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।

उनीहरूले शरीरका विभिन्न अंगहरूमा कुटपिट गरेको आरोप छ।

सो जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP