आइतबार , भाद्र १४, २०८३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना बित्दा पनि मन्त्रिमण्डले पूर्णता पाएको छैन । ४ मन्त्री र एक राज्यमन्त्रीलाई साथमा लिएर देउवाले सरकार सञ्चालन गरिरहेका छन् ।सरकार बनेको दिनदेखि मन्त्रिमण्डल विस्तार हुने चर्चा चलेपनि अझै हुन सकेको छैन । बरु सरकार एकपछि अर्को चुनौतीको पहाड बोक्न पुगेको छ ।

बजेट संशोधन गरी ल्याइएको प्रतिस्थापन बजेट संसदबाट पारित हुन सकेको छैन । बरु प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अवरोध गरेर टकरावको स्थिति बनेको छ । ३० भाद्रबाट देश बजेटविहिन भएको छ । संशोधित बजेट पारित नहुँदा सरकारले खर्च गर्न पाउनेछैन । यो अवस्था कहिलेसम्म जाने हो निश्चित छैन ।

सरकार बनेपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेका छन् । अध्यादेशबाट दुई दल फुटेपनि तयो अझै निष्कृय भएको छैन । अध्यादेश निष्कृय नहुँदा माओवादी, नेकपा एस र जसपाले नयाँ मन्त्रीको नाम दिन मानेका छैनन् । मन्त्रीको नाम दिंदा असन्तुष्ट समूहले विद्रोह गर्ने डर दलहरुलाई छ । २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले विद्रोह गरेमा दल फुट्न सक्ने अवस्था छ ।

अहिले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका कारण सत्ता गठबन्धनभित्र विवाद बढाएको छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एस संशोधनविना पारित गर्न नहुने पक्षमा छन् । जसपा पारितको पक्षमा देखिन्छ तर खुलेको छैन । एमसीसीका कारण सत्ता गठबन्धनभित्र नयाँ संकट ल्याउन सक्छ । गठबन्धन टुट्न पनि सक्छ ।

एमसीसीकै विषयमा नेत्रविक्रम चन्द विप्लवले चेतावनी दिएका छन् । उनले एमसीसी पारित गर्न खोज्नेका जीवनको ख्याल गर्न चेतावनी दिएपछि तरंग आएको छ । यो देश मुठभेडमा जानसक्ने संकेत पनि हो ।

चीनसँगको सीमा समस्याको विषय उठेको छ । सरकारले सीमा समस्या अध्ययन गर्न कमिटी बनाएको । यसप्रति सत्ता गठबन्धनभित्र असन्तुष्टिका विषय पनि आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार मन्त्रिपरिषदबाट निर्णय भई कमिटी गठन भई काम पनि गरिरहेको छ ।

सीमा समस्या अध्ययनका लागि गठित कमिटीप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखिसकेका छन् । उनले चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरे । यो विषयले पनि देशभित्र दलहरुभित्र चीनलाई हेर्ने दृष्टिकोणमा ठूलो मतान्तर खुलेको छ ।

ओलीलाई हटाएर देउवाले गठबन्धनको सरकार बनाउन सफलता हासिल गरेपनि उनी चुनौतीको पहाड सामुन्न उभिएका छन् । एकातर्फ देशमा विभिन्न राजनीतिक संकटहरु बढिरहेका छन् ।

अर्कातर्फ, काँग्रेस महाधिवेशनमा होमिइरहँदा उनलाई अर्को चुनौती बढेको छ । देउवा भाग्यले सत्तामा पुग्ने गरेका छन् । तर, उनका सामु सत्तामा पुगेपछि अनेकन दुर्भाग्यशाली चुनौती थोपरिने गरेको विगत इतिहास छ । यसपटक पनि त्यही चुनौती र दुर्भाग्य दोहोरिने खतरा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP