मंगलबार , बैसाख १६, २०८२

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने अन्तरिम आदेश जारी भएको छ । सोम पाण्डे माधव नेपालका सम्धी हुन् । उनी निर्वाचन आयोगमा सनाखत गर्ने दिनमात्रै नेकपा (एकीकृत समाजवादी) मा खुलेका थिए ।तर, आयोगले उनीहरुको सनाखत गरेको थिएन । आफूहरुले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउनुपर्ने माग गर्दै उनीहरु अदालत गएका थिए । अदालतले आज उनीहरुलाई नेकपा (एकीकृत समाजवादी) नै रोज्न पाउनेगरि अन्तरिम आदेश दिएको छ ।

योसँगै पाण्डे शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चा सुरु भएको छ । उनी मन्त्री बन्ने लोभमा मात्रै एमाले छोडेर माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेको नेताहरुको टिप्पणी छ । हुन त पाण्डेले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै लामो समय एकताको पहल पनि गरेका थिए ।

तर, उनको पहल निश्कर्षमा पुगेको थिएन । सम्धीसमेत रहेका नेता पाण्डेलाई मन्त्री बनाउनको लागि माधव नेपाल पनि सकारात्मक छन् । प्रधानमन्त्री देउवाले यसै साता सरकारलाई पूर्णता दिने तयारी थालेका छन् ।

यसको लागि उनले गठबन्धनमा आवछ दलका नेताहरुसँग नामसमेत मागेका छन् । तर, नेताहरुले अहिलेसम्म नाम दिएका छैनन् । अब भने देउवा ढिलो नगर्ने पक्षमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP