बिहिबार , जेठ ३०, २०८२

सोमबार जनकपुरधाममा नेपाल भारतको सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णयसहित बैठक सम्पन्न भएको हो ।

भारत विहार राज्यको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतहरुमा सेप्टेम्बर २९ तारिखबाट सुरु हुन लागेको निर्वाचनलाई दृष्टिगत गर्दै सो बैठकको आयोजना गरिएको थियो ।

सुरक्षा बैठकमा चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि नेपाल–भारतको सीमा नाका सिल गर्ने निर्णय भएको छ ।

विहारमा ११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धाँधलिरहित बनाउन नेपालबाट पूर्ण सहयोग हुने भन्दै भारतीय पक्षलाई नेपाली सुरक्षाकर्मीले विश्वास दिलाएका हुन् ।

नेपाली सुरक्षा अधिकारीले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागुऔषधको ओसारपसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधी लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।

बैठकमा अवैध सामान ओसारपसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारी सकारात्मक रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

बैठकमा भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसासमेत गरेका थिए ।

बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, शसस्त्र प्रहरी उपरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा भारतको तर्फबाट दरभंगाका डिभिजनल कमिस्नर डा. मनीष कुमार, मधुबन्नी जिल्लाका डिएम अमित कुमार, मधुबन्नीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसवीका प्रमुखसहित सुरक्षा अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु