आइतबार , बैसाख ७, २०८२

कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ४८६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनामा परीक्षण गर्दा एक हजार ४८६ जनामा संक्रमण देखिएको हो ।

नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २६ हजार ६३० जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज एक हजार २६० जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४० हजार ७१७ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९६५ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६९.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ४७५ जना सघन उपचार कक्ष (आईसीयू), १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेसन, एक हजार ६७२ जना संस्थागत आइसोलेसन र २६२ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP