मंगलबार , बैसाख २९, २०८३

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रति आफू सकारात्मक रहेको बताएका छन् एमसीसीका उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमणका क्रममा भेटेका दलका नेताहरुमध्ये लोसपाका अध्यक्ष अध्यक्ष ठाकुरले मात्र एमसीसीबारे स्पष्ट जवाफ दिएका छन् । यहाँसम्म कि नेपाली काँग्रेसले पनि दलहरुको बीचमा सहमति बनाउने प्रयास भइरहेको जवाफ दिएको थियो । एमसीसीको बारेमा काँग्रेस पार्टीभित्र पनि एकमत छैन ।

एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) ले समेत एमसीसीका पक्षमा सकारात्मक जवाफ नदिएका बेला लोसपाका अध्यक्ष ठाकुरले आफू र आफ्नो पार्टी एमसीसीप्रति सकारात्मक रहेको उपाध्यक्ष सुमारसमक्ष बताएका थिए । अध्यक्ष ठाकुर र सुमारबीच शुक्रबार भेटवार्ता भएको थियो ।

भेटमा उपाध्यक्ष सुमारले अध्यक्ष ठाकुरलाई एमसीसी सम्झौता कार्यान्वयनमा ल्याउन सहयोग गर्न आग्रह गरेकी थिइन् । जवाफमा अध्यक्ष ठाकुरले आफू एमसीसीप्रति सकारात्मक रहेको जनाएका थिए । लोसपा निकट स्रोतका अनुसार अध्यक्ष ठाकुरले आफूमात्र सकारात्मक भएर हुँदैन, लोसपाले चाहेरमात्र पास नहुने भएकाले अरु दलहरु पनि तयार हुनुपर्ने बताएका थिए । दलहरु त्यसका लागि सकारात्मक भएर अगाडि बढे एमसीसी पारित गर्न आफ्नो सहयोग रहने भन्दै ठाकुरले त्यसमा ढुक्क रहन सुमारसमक्ष प्रतिवद्धता जनाएको ती नेताको भनाइ छ ।

उपाध्यक्ष सुमारलाई भेट्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष ठाकुरलाई फोन गरेर एमसीसीमा सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ठाकुरले आफूहरुको माग पूरा गरेमात्र एमसीसीमा सहयोग गर्ने जवाफ दिएका थिए ।

शनिबार लोसपा कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग भएको फोन संवादबारे जानकारी गराउँदै भनेका थिए, ‘प्रधानमन्त्री देउवाले फोन गरेर एमसीसीमा सघाउन आग्रह गर्दा मैले आफूहरुको माग पूरा गरेपछि मात्र एमसीसीमा सहयोग गर्ने बताएको छु ।’ आफ्नो पार्टी एमसीसीप्रति सकारात्मक रहे पनि त्यसमा सहयोग आवश्यक भएमा आफूहरुले उठाएका माग पूरा गर्नुपर्ने जवाफ देउवालाई आफूले दिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP