आइतबार , भाद्र १४, २०८३

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी छ । नयाँबानेश्वरस्थित ल्होत्से हलमा बोलाइएको बैठक केहीबेरअघि सुरु भएको हो ।

यद्यपि बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित भएको छैन । सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै आएको एमालले यसअघि नै सभामुखले बोलाएको बैठकमा नजाने निर्णयसहित सन्देश पठाएको थियो ।

आफ्नो पार्टीबाट कारबाहीमा परेका १४ जनाको कारबाहीको सूचना टाँस हुनुपर्ने नभएर राजीनामा दिनुपर्ने मुख्य शर्त एमालेले राखेको छ । प्रतिपक्षी दल एमालेले संसदको नवों अधिवेशन सुरु भएदेखि नै अवरोध गर्दै आएको छ ।

एमालेको अवरोधपछि संसद बैठक चल्न नसकेपछि सभामुख सापकोटाले आजका लागि सर्वदलीय बैठक बोलाएका थिए । बैठकले छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायतका नेताहरू उपस्थित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP