मंगलबार , बैसाख २९, २०८३

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्रको अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन्।

उनले केपी ओलीप्रति संकेत गर्दै नेपालका कम्युनिष्ट पार्टीमा सत्तामा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गरे।

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले कम्युनिष्ट पार्टीभित्र आफ्ना आसेपासेलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको बताए।

त्यस्ता प्रवित्तिलाई निस्तेज पारेर अघि बढनुको विकल्प नरहेको उनले बताए। उनले भने ‘आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। अनि सत्तामा पुगेपछि अहंकार घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौं। कम्युनिष्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा बर्गीय चिन्तन देखिने गरेको छ। यस्ता सबै खालका गैर सर्वहारा बर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्नेगरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले काम गर्नु पर्दछ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने बताए। उनले नेपालमा कम्युनिष्ट पार्टीहरुले मात्रै वास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP