मंगलबार , बैसाख १६, २०८२

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्रको अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन्।

उनले केपी ओलीप्रति संकेत गर्दै नेपालका कम्युनिष्ट पार्टीमा सत्तामा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गरे।

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले कम्युनिष्ट पार्टीभित्र आफ्ना आसेपासेलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको बताए।

त्यस्ता प्रवित्तिलाई निस्तेज पारेर अघि बढनुको विकल्प नरहेको उनले बताए। उनले भने ‘आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। अनि सत्तामा पुगेपछि अहंकार घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौं। कम्युनिष्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा बर्गीय चिन्तन देखिने गरेको छ। यस्ता सबै खालका गैर सर्वहारा बर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्नेगरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले काम गर्नु पर्दछ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने बताए। उनले नेपालमा कम्युनिष्ट पार्टीहरुले मात्रै वास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP