सोमबार , अषोज २६, २०८३

नेपाल र बंगलादेशले दोस्रो मैत्रीपूर्ण फुटबल बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

रेनुका नगरकोटीको कप्तानीमा मैत्रानमा उत्रिएको नेपाली महिला टोलीले बंगलादेशविरुद्ध राम्रा अवसरहरु सिर्जना गरेपनि बंगलादेशकी किपरले विफल पारेकी थिइन् । यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा भने नेपालले जित हात पारेको थियो ।

पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईले गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको हो ।

एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

खेलका लागि नेपाली महिला टोली भोलि उज्वेकिस्तान प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP