आइतबार , भाद्र १४, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अझैपनि कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान सक्ने आधार रहेको बताएका छन् । विश्वका कतिपय देशमा कम्युनिस्ट आन्दोलनको नामनिशान नभएपनि नेपालमा अझै कम्युनिस्ट आन्दोलनको बलमा वैज्ञानिक समाजवाद निर्माण गर्न सकिने आधारहरू रहेको बताएका हुन् ।

आइतबार वामपन्थी लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान नेकपा बनाइएपनि विविध कारणले एकता सफल हुन नसकेको तर एकताको पहल अझैपनि जारी रहेको बताए । उनले केपी ओलीसँग पार्टी एकता गरेर आफूले ज्ञान प्राप्त गरेको पनि बताए ।

प्रचण्डले आन्दोलनलाई बीच बाटोमै छाडेर हिँड्न नसकिने भन्दै एउटा निष्कर्षमा पुर्याउन लागिरहने बताए । जिम्मेवारी बोधले आन्दोलनमा जोडिरहनुलाई पदमा टाँसिरहेको रुपमा मात्रै हेर्न नमिल्ने उनको भनाइ छ । मार्क्सवाद र वैज्ञानिक समाजवादका सिद्धान्तमा आफू अविचलित रुपमा लागिपर्ने भन्दै प्रचण्डले आफूले एजेण्डामा सम्झौता नगरिदिँदा एक्लिनसक्ने तर्फ पनि संकेत गरे । \

‘माओले लास्टमा मलाई श्रीमतीको पनि विश्वास छैन भन्नु्भयो । ४ जनाको पनि समूह नहिँड न भनेकै हो माओले’, प्रचण्डले भने, ‘कहिलेकाहीँ १–२ वर्षपछि म पनि एक्लो पो हुने हो कि र माओले भनेजस्तो एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो त्यस्तो चित्र दिमागमा आउँछ ।’ कम्यनिस्ट आन्दोलनमा यस रोगबारे चिन्तामा मनन जरुरी रहने उनको भनाइ छ ।

प्रचण्डले कार्यक्रममा तामाङको पुस्तकमाथिका टिप्पणीकारहरुले संकीर्ण मानसिकता राखेर माओवादी आन्दोलन र त्यस आन्दोलनका कमाण्डर प्रचण्डको भूमिकाबारे मौनता साँधेको भन्दै असन्तुष्टि समेत जनाए । उनले माओवादी नेता राम कार्की र अर्को कम्युनिस्ट नेता आहूतीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई उचाइ लैजान सबै क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउन जारी रहेको पनि बताए । यस्तै एमालेसँगको एकता पनि आफूले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणका लागि गरेको उल्लेख गर्दै प्रचण्डले नेकपा नटिकेपछि भरपूर ज्ञान प्राप्त गरेको बताए । ‘५ दलीय गठबन्धनको बैठकमा मैलाई ताकेर सोधियो, तपाईँले केपीसँग एकता गरेर के पाउनुभयो ?’ प्रचण्डले भने– ‘छोटो जवाफ दिन त गाह्रो थियो । ज्ञान प्राप्त गरेर आएँ भनेर जवाफ दिएँ ।’ आफूले प्राप्त गरेको ज्ञान अरु पार्टीहरूलाई पनि काम लाग्ने उनको भनाइ छ ।

प्रचण्डले अहिले नेपाली कम्युनिस्ट आन्दोलनले अनेकौं चुनौतीको सामना गरिरहेको भन्दै सबै पार्टीमा आन्तरिक समस्या रहेको पनि स्वीकार गरे । प्रचण्डले मार्क्सवादका आधारभूत सिद्धान्तमै इन्कार गर्ने प्रवृत्ति मार्क्स एंगेल्सकै पालादेखि देखापर्दै आएको सन्दर्भ राख्दै मार्क्सवाद अहिले पनि पुरानो नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP