शनिबार , बैसाख ६, २०८२

नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिकोणात्मक सिरिज गुमाउने भएका छन्।

दाँहिने गोलीगाँठोमा चोट लागेका कारण उनले सिरिज गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

उनले दुई साता आराम गर्नु पर्ने क्यानको भनाइ छ।

ओमानमा अभ्यास गर्ने क्रममा दीपेन्द्र घाइते भएका थिए।

चोटकै कारण दीपेन्द्रले पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दुई खेलको एकदिवसीय सिरिज गुमाएका थिए। शुक्रबार ओमानमा सकिएको सिरिज नेपालले २-० ले जितेको थियो।

नेपाल, अमेरिका र ‌ओमानबीचको त्रिकोणात्मक सिरिज भोलि सुरू भएर असोज ४ मा सकिनेछ।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP