सोमबार , अषोज २६, २०८३

नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिकोणात्मक सिरिज गुमाउने भएका छन्।

दाँहिने गोलीगाँठोमा चोट लागेका कारण उनले सिरिज गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

उनले दुई साता आराम गर्नु पर्ने क्यानको भनाइ छ।

ओमानमा अभ्यास गर्ने क्रममा दीपेन्द्र घाइते भएका थिए।

चोटकै कारण दीपेन्द्रले पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दुई खेलको एकदिवसीय सिरिज गुमाएका थिए। शुक्रबार ओमानमा सकिएको सिरिज नेपालले २-० ले जितेको थियो।

नेपाल, अमेरिका र ‌ओमानबीचको त्रिकोणात्मक सिरिज भोलि सुरू भएर असोज ४ मा सकिनेछ।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP