मंगलबार , बैसाख २९, २०८३

राजनीतिक दल विभाजनका लागि सजिलो हुने गरी ल्याइएको अध्यादेश निष्कृय नभएसम्म सत्ता गठबन्धनका दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीको नाम दिने भएका छन् । अध्यादेश सकृय नै रहँदा दलहरु फेरि विभाजित हुने सम्भावनाका कारण गठबन्धनका दलहरुले मन्त्रीको नाम दिन मानेका छैनन् ।प्रधानमन्त्री देउवाले गत हप्ता नै मन्त्रीको नाम दिन भनेका थिए । तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको नाम दिएनन् । उनीहरुले अध्यादेश निष्कृय भएपछि मात्र कदम चाल्ने तयारी गरेका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशले संसदीय दल या केन्द्रीय कमिटिमध्येबाट २० प्रतिशत सदस्य बनाउन सके विभाजन गर्न सकिने बनाएको छ । जसका कारण २३ जना प्रतिनिधि सभा सदस्य रहेको नेकपा एसमा ५ जना र १९ जना सांसद संख्या रहेको जसपा ४ सांसद भए फुट्न सक्छ ।

नेकपा माओवादी केन्द्रका ४९ सासद छन् । अध्यादेश अनुसार १० जना सांसद भए माओवादी पनि फुट्न सक्छ । नेपाली काँग्रेसका ६१ सांसद छन् । १२ सांसदले विभाजन चाहेमा काँग्रेस पनि अहिलेको अध्यादेशले फुट्न सक्छ । यसले दलहरुलाई अध्यादेश नै घाँडो बनेको छ ।

मन्त्रीको नाम दिंदा असन्तुष्टहरुले विद्रोह गर्न सक्ने भएकाले नेकपा एस र जसपा शतर्क भएका छन् । उनीहरु जतिसक्दो छिटो अध्यादेश निष्कृय बनाउन लागेका छन् । अध्यादेश निष्कृय बनाउन प्रतिस्थापन अध्यादेश ल्याउने या संसदमा निर्णयका लागि प्रस्तुत गरी पारित नगर्नेबारे गठबन्धनबीच छलफल चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP