मंगलबार , अषोज २७, २०८३

पेरूमा एक जना पूर्वविद्रोही नेताको जेलमै निधन भएको छ।

बिबिसीका अनुसार विद्रोही समूह ‘साइनिङ पाथ’का नेता अबिमायल गुजम्यानको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो। उनलाई धेरैले अध्यक्ष गोन्जालो भनेर चिन्थे।

दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालोलाई सन् १९९२ मा पक्राउ गरिएको थियो। अदालतले उनलाई आतंकवाद र अरू अपराधमा दोषी ठहर गरेको थियो। त्यसपछि उनी आजीवन काराबासको सजाय भोगिरहेका थिए।

गत जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएपछि जेलबाट अस्पताल पठाइएको थियो।

कम्युनिष्ट र माओ विचारधाराबाट प्रभावित गोन्जालोले सन् १९६९ मा साइनिङ पाथ नामक समूह बनाएका थिए। उक्त समूहले पछि पेरूको सरकारविरूद्ध विद्रोह छेडेको थियो। बुर्जुवा प्रजातन्त्रलाई फालेर कम्युनिष्ट राज्य स्थापना गर्ने उनीहरूको लक्ष्य थियो।

एक दशकभन्दा बढी चलेको साइनिङ पाथ र पेरूको सरकारबीचको युद्धमा झन्डै ७० हजार मानिस मारिएका थिए।

सन् १९९२ मा गोन्जालो राजधानी लिमाबाट पक्राउ परेका थिए। उनको पक्राउपछि साइनिङ पाथ समूहलाई निकै ठूलो धक्का लागेको थियो। उक्त समूहका धेरै सदस्यले पछि सरकारसँग आत्मसमर्पण गरेका थिए।

अहिले पनि सानो संख्यामा साइनिङ पाथका सदस्यहरू पेरूमा सक्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP