आइतबार , जेठ २६, २०८२

पेरूमा एक जना पूर्वविद्रोही नेताको जेलमै निधन भएको छ।

बिबिसीका अनुसार विद्रोही समूह ‘साइनिङ पाथ’का नेता अबिमायल गुजम्यानको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो। उनलाई धेरैले अध्यक्ष गोन्जालो भनेर चिन्थे।

दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालोलाई सन् १९९२ मा पक्राउ गरिएको थियो। अदालतले उनलाई आतंकवाद र अरू अपराधमा दोषी ठहर गरेको थियो। त्यसपछि उनी आजीवन काराबासको सजाय भोगिरहेका थिए।

गत जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएपछि जेलबाट अस्पताल पठाइएको थियो।

कम्युनिष्ट र माओ विचारधाराबाट प्रभावित गोन्जालोले सन् १९६९ मा साइनिङ पाथ नामक समूह बनाएका थिए। उक्त समूहले पछि पेरूको सरकारविरूद्ध विद्रोह छेडेको थियो। बुर्जुवा प्रजातन्त्रलाई फालेर कम्युनिष्ट राज्य स्थापना गर्ने उनीहरूको लक्ष्य थियो।

एक दशकभन्दा बढी चलेको साइनिङ पाथ र पेरूको सरकारबीचको युद्धमा झन्डै ७० हजार मानिस मारिएका थिए।

सन् १९९२ मा गोन्जालो राजधानी लिमाबाट पक्राउ परेका थिए। उनको पक्राउपछि साइनिङ पाथ समूहलाई निकै ठूलो धक्का लागेको थियो। उक्त समूहका धेरै सदस्यले पछि सरकारसँग आत्मसमर्पण गरेका थिए।

अहिले पनि सानो संख्यामा साइनिङ पाथका सदस्यहरू पेरूमा सक्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP