मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ २७ गते । आइतबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–षष्ठी, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–विसाखा, दिउसो ०१ बजेर ०६ मिनेट उप्रान्त अनुराधा । योग– वैधृति, दिउसो ०३ बजेर ४५ मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव, बिहान ०८ बजेर ५१ मिनेट उप्रान्त तैतिल, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला, बिहान ०७ बजेर ३० मिनेट उप्रान्त वृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १० मिनेट । दिनमान ३० घडी ५७ पला । सूर्यषष्ठी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन् । भौतिक तथा विलासी वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । आफन्त तथा मावलीको साथ पाइने हुनाले दैनिकी थप सहज हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो तथा रमाइलो आन्तरिक यात्राको तय हुनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पती पत्नी बीचको सम्वन्धमा प्रगाढता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ । पुराना आर्थिक मुद्दाहरू हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा तथा सामाजिक काम गरी अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रूपमा सबल होइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । घरायसी कुरामा आफन्तहरू बिच मनमुटाब सिर्जना हुनेछ भने माया प्रेममा खटपट हुने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरूबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साङ्गीतिक माहौलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी तथा प्रशासनिक कामहरू सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा वृद्धि भएर जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP