पछिल्लो २४ घन्टामा ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४० नमूना परीक्षणमध्ये ७७७ पीसीआर र २१७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म ८ लाख ६२ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ९३६ पुगेको छ । मन्त्रालयका अनुसार थप एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ ।
हाल मुलुकभर २७ हजार ३५५ सक्रिय संक्रमित छन् ।