मंगलबार , बैसाख १६, २०८२

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले एमसिसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उदेश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिएका छन् । उनले आगामी भाद्र २८ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने जानकारी दिएका छन् । एकहप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

विश्वकर्माले एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । यसअघिको एमाले नेतृत्वको बहुमतको सरकार भएपनि जनताको विरोध हुने भएकाले एमसीसीलाई ओलीले अघि नबढाएको हुनसक्ने उनले बताएका छन् । उनले एमसीसीलाई गठबन्धन सरकारले सदनमा लगे इतिहासकै ठूलो अपराध हुने जिकिर गरेका छन् ।

बिश्वकर्माले युरोपियन अमेरिकन युनियन लगाएत बिदेशी शक्तिसंगको सम्झौतामा गठबन्धन सरकार बनेको आरोप लगाएका छन् । उनले राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेकाले नै आफुहरु बाहिर आउनुपरेको धारणा राखेका छन् ।

फरक प्रसंगमा उनले संसदीय प्रणालीका बारेमा जनमत संग्रह गर्नुपर्ने र जनताको जस्तोसुकै फैसलालाई पनि स्वीकार गर्न आफुहरु तयार रहेको बताएका छन् ।

विश्वकर्माले सरकारसंग भएको तीन बुँदे सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सहमति कार्यान्वयन नभए जनतामाझ जाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP