मंगलबार , बैसाख १६, २०८२

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सत्ता गठबन्धन टुट्ने अवस्था विकास हुँदै गएको छ । गठबन्धनभित्र एमसीसीका कारण फाटो बढ्दै गएको छ । यसले कुनैपनि बेला गठबन्धन दुर्घटनातर्फ बढेको छ ।एमसीसी पारित गर्ने पक्षमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा देखिएका छन् । उनले एमसीसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा पनि पारित गर्ने वचन दिएका छन् । यसका लागि राष्ट्रिय सहमतिको प्रयास गरिरहेको प्रष्ट पारेको बुझिएको छ ।

देउवाका लागि एमसीसी प्रतिष्ठाको विषय बनेको छ । उनी यसअघि प्रधानमन्त्री हुँदा एमसीसी सम्झौता भएको थियो । सम्झौताका बखत अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले हिजो फतिमासँगको बालुवाटार बैठकमा सँगै राखेका थिए ।

एमसीसीको विपक्षमा सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा नेपाल उभिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मौनप्रायः छन् । बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथावस्थामा कुनै हालतमा पारित नहुने बताइसकेका छन् । उनले एमसीसी संशोधनको विषय उठाएका छन् । एमसीसीबारे गठबन्धनभित्र विवाद बढ्न थालेपछि बुधबार बोल्दै सत्ता गठबन्धन तोड्ने खेल भएको विषय उठाएका छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसी संशोधनसहित पारित हुने पक्षमा रहेको बताइसकेका छन् । नेककपा एसभित्र पनि एमसीसीको विरोधी बढी देखिएका छन् । वरिष्ठ नेता झलनाथ खनाल यथास्थितिमा एमसीसी पारित गर्न नहुने पक्षमा उभिएका छन् ।

जनमोर्चा नेपालले एमसीसी अगाडि बढाए गठबन्धन छाड्ने चेतावनी दिइसकेका छन् । जनमोर्चा एमसीसी विरोधी गतिविधिमा सक्रिय भइसकेको छ ।

नेकपा एमाले भने एमसीसीलाई पर्ख र हेरको रणनीतिमा देखिएको छ । सत्ता गठबन्धनलाई एमसीसी प्रतितिनिधि सभामा टेबुल गरेर देखाउन चुनौती दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे गठबन्धनको कदमलाई हेरेर उचित समयमा निर्णय लिने बताइसकेका छन् । उनले एमसीसीकै मुद्दाले गठबन्धन टुट्ने सम्भावना पनि देखेको बुझिएको छ । त्यसैले एमाले पर्ख र हेरको रणनीतिमा देखिदैछ ।

एमसीसीका कारण गठबन्धन टुट्न सक्ने सम्भावना विकास भइरहेको छ । यसै पनि मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको छ । एमसीसी अगाडि बढाउने प्रधानमन्त्री देउवाको चाहना देखिएको छ । त्यतिबेला उनलाई प्रचण्ड र माधव नेपालले साथ दिने सम्भावना न्यून देखिएको छ ।

देउवाले कि राजीनामा दिनुपर्ने कि नयाँ चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । त्यतिबेला उनले एमाले अध्यक्ष ओलीसँग सहमति गर्ने विकल्प तयार गरेको बुझिएको छ । ओलीसँग भेट्न विश्वासपात्रहरु देउवाले पठाइसकेका छन् ।

एमसीसी पारित गर्ने पक्षमा विगतमा ओली पनि देखिएको र सभामुख अग्निप्रसाद सापकोटाले सदनमा अगाडि बढाउन आनाकानी गरेको विषय चर्चामा थियो । अब कठोर कदम चालेर भएनि देउवा एमसीसी अगाडि बढाउन जुटेका छन् । त्यतिबेला देउवा र ओलीबीच नयाँ गठबन्धन विकास हुने सम्भावना देखिएको छ । परिस्थिति त्यसै दिशातर्फ बढेको छ । काँग्रेस, एमाले र लोसपाको नयाँ गठबन्धन विकास भई एमसीसी पारित गराउनका लागि कदमहरु चालिनसक्ने वातावरण विकास भइरहेको छ ।

त्यसैले ओलीले सत्ता गठबन्धनको कदमलाई हेरेर एमसीसीबारे उपयुक्त समयमा निर्णय लिने बताइसकेका छन् । आज एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पनि एमाले एमसीसी विरोधी नभएको प्रष्ट पार्दै उपयुक्त समयमा निर्णय लिने बताएका छन् । उनले सत्तागठबन्धनको साझा धारणा र एमसीसी सदनबाट टेबुलमा ल्याउन समेत चुनौती दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP