सोमबार , अषोज २६, २०८३

नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई २३४ रनको चुनौतपूर्ण लक्ष्य दिएको छ । शुक्रबार ओमानमा भएको डेनाइट खेलमा सुधारिएको ब्याटिङ गर्दै नेपालले ४९ ओभर ३ बलमा अलआउट हुनुअघि २३३ रन बनायो ।

नेपालका लागि रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले १२३ बलमा ८६ रन बनाए । यो उनको एक दिवसीय खेलमा सर्वाधिक स्कोर हो । उनले आफ्नो शान्त इनिङमा ३ छक्का र २ चौका प्रहार गरेका थिए ।

पौडेललाई करण केसीले उत्कृष्ट साथ दिए । कुनै बेला २ सयको स्कोरसम्म पुग्न नेपाललाई कठिन देखिएका बेला मैदानमा आएदेखि नै करणले विस्फोटक ब्याटिङ गरे । उनले २६ बलमा ४२ रन बनाए । उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए ।

९ को स्कोरमा दुबै ओपनर गुमाएको नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उकासेका थिए । रोहितसँग ८९ रनको साझेदारी गरेका मल्लले ७० बलमा ४५ रन बनाएका थिए ।

यस्तै बिनोद भण्डारीले १७ रन बनाए भने सोमपाल कामीले ११ रनको योगदन दिए । सन्दीप लामिछाने र सुशान भारी शून्यमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

पीएनजीका लागि चाड सोपरले ३ विकेट लिए ।

लक्ष्य पछ्याउन पीएनजी केही मसयपछि मैदानमा आउने छ । पहिलो खेल जितिसकेको नेपालले यो खेल जिते श्रृंखला पनि जित्ने छ । नेपालले शुक्रबार पहिलो डेनाइट एक दिवसीय खेलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP