मंगलबार , बैसाख २९, २०८३

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा आइटी आर्मीले चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ । आइटी आर्मीका जिल्ला अध्यक्ष नरेश साहको नेतृत्वमा चन्द्रनिगाहपुरमा शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गरिएको हो । आइटी आर्मी नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहको पहलमा गठन गरिएको हो ।

उल्लेखनीय छ, केपी शर्मा ओलीले आफ्नो कार्यकालमै एमसीसी पारित गर्न चाहेका थिए । उनले सभामुखको असहयोगका कारण एमसीसी पारित गर्न नसकेको बताउँदै आएका छन् ।

शुक्रबार आइटी आर्मीका सदस्यले चन्द्रनिगाहपुरमा एमसीसी र सरकारको विरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले बजार क्षेत्र परिक्रमा गर्दै नारावाजी गरेका थिए ।

सोही क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै आईटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह, गजरा नगरपालिकामा मेयर प्रत्यासी पलट चौधरी र लालबाबु साहले सम्बोधन गरेका थिए । उनीहरुले एमसीसी देशका लागि घातक भएको भन्दै कुनै पनि हालतमा पारित गर्न नहुने बताएका थिए ।

उनीहरुले एमसीसीबाट प्राप्त हुने रकमको तुलनामा निकै बढी रकम रेमिट्यान्सबाट प्राप्त हुने गरेको भन्दै सरकारले जबर्जस्ती एमसीसी पारित गर्न खोजे मुलुकमा अशान्ति मच्चिने र त्यसको जिम्मेवार सरकार स्वयं हुने चेतावनीसमेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP