शुक्रबार , बैसाख १२, २०८२

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को मुद्दाले सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले नजिकिएका छन् । अन्य दलले एमसीसीका केही प्रावधान संसोधन हुनुपर्ने तर्क गरिरहेको बेला एमसीसी जस्ताको तस्तै पास गर्न हतारिएका काँग्रेस एमाले नजिकिएका हुन् ।

सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादी एमसीसी संसोधन विना पास नगर्ने पक्षमा छन् । नेपाल सरकारले सोधेको प्रश्नको जवाफमा एमसीसीले संशोधन नहुने आशयसहितको जवाफ पठाएको र एमसीसीकी उपाध्यक्ष फतिमासुमारलगायतको टोली संसदबाट पास गराउनका लागि नेपालमै आएकोले यसले दलहरुबीच ध्रुविकरण बढाएको हो।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित गर्नुलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनी प्रधानमन्त्री हुँदा एमसीसी सम्झौता भएको थियो ।

आफू प्रधानमन्त्री हुँदा कुनै हालतमा एमसीसी पास गराउन लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखका कारण संसदबाट पास हुन नसकेको दुःखेसो उपाध्यक्ष फतिमासँग पोखेका छन् ।

नागरिक समाज र जनस्तरबाट एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने तर्क आईरहेकोले उनले पहिला सत्तापक्षको धारणापछि मात्रै आफ्नो धारणा राख्ने बताएका छन् । ओलीले यसलाई राजनीतिक अस्त्र बनाएका छन् ।

एमसीसीबारे सत्ता गठबन्धनभित्र फरक धारणा बाहिर आएकाले कम्पन आएको छ । गठबन्धन नै भत्कनसक्ने देखिएको छ । गठबन्धन भत्किएमा नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बन्ने सम्भावना पनि छ । देउवा र ओलीबीच पछिल्लो समय संवाद चल्न थालेको छ । यो नयाँ गठबन्धनको संकेत पनि हो ।

काँग्रेस, एमाले र एमसीसी पक्षधर मधेशवादी दल मिलेमा पारित हुने सम्भावना छ । एमसीसीको मुद्दाले मुलुकलाई त्यही दिशातर्फ लाने अवस्था बन्दैछ । प्रचण्डले यही संकेत पाएर सत्ता गठबन्धन भत्काउन खोजेको विषय उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP