शुक्रबार , बैसाख १२, २०८२

प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धन आबद्ध दलको बैठक एमसीसीका विषयमा अलमल गरेरै सकिएको छ । बैठकमा मन्त्रीपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालन लगायतका विषयमा भने छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

‘एमसीसीका विषयमा कुनै कुरा भएन, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालन लगायतका विषयमा छलफल भयो, यी विषयमा साझा धारणा छन्,’ गृहमन्त्री खाँणले भने । बैठकमा एमसीसीका विषयमा समेत छलफल गर्ने भनिए पनि गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएका कारण छलफल नभएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न ढिला भएको र त्यसले गर्दा सरकारको आलोचना भइरहेको भन्दै गठबन्धनका शीर्षस्थ नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल लगायत सहभागी थिए ।

जसपा अध्यक्ष यादव भने पार्टीको कार्यक्रममा व्यस्त रहेकाले बैठकमा सहभागी नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP