आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धन आबद्ध दलको बैठक एमसीसीका विषयमा अलमल गरेरै सकिएको छ । बैठकमा मन्त्रीपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालन लगायतका विषयमा भने छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

‘एमसीसीका विषयमा कुनै कुरा भएन, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालन लगायतका विषयमा छलफल भयो, यी विषयमा साझा धारणा छन्,’ गृहमन्त्री खाँणले भने । बैठकमा एमसीसीका विषयमा समेत छलफल गर्ने भनिए पनि गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएका कारण छलफल नभएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न ढिला भएको र त्यसले गर्दा सरकारको आलोचना भइरहेको भन्दै गठबन्धनका शीर्षस्थ नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल लगायत सहभागी थिए ।

जसपा अध्यक्ष यादव भने पार्टीको कार्यक्रममा व्यस्त रहेकाले बैठकमा सहभागी नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP