मंगलबार , बैसाख २९, २०८३

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले शीर्ष नेताहरुबीच छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे समझदारी भएको हो ।

एक दुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बैठकमा उपस्थित एक नेताले जानकारी दिए । ती नेताका अनुसार बैठकमा एमसीसीको बारेमा समेत छलफल भएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले दुई महिना बित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

बिहीबार (आज) बालुवाटारमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसाल र महान्यायाधीवक्ता खम्मबहादुर खाती लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP