शनिबार , भाद्र १३, २०८३

काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका साथै तीन छोरा र बेरोजगार पतिसमेतको हेरचाह गर्नुपर्ने दायित्व छ ।

जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार भइन् र अहिले भविष्यको चिन्तामा परेकी छिन् । जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउनुपर्ने र कामका सिलसिलामा पुरुष सहकर्मीहरूबाट समेत अलग हुनुपर्ने नियमहरू थोपर्न थाले तब ती २७ वर्षीया युवती जागिर छोड्न बाध्य भइन् ।

आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा उनले भनिन्, ‘’मैले तलब नपाएको हुनाले जागिर छोडेकी छु । काबुलको एक सडक बजारमा एएफपीसँग कुरा गर्दै उनले भनिन्, मलाई लगाइरहेको पोसाक नलागाउन, पुरुषहरूसँग काम नगर्न र महिलाहरूसँग मात्र काम गर्न आदेश दिन थालियो जुन चिकित्सा पेसामा सम्भव छैन, त्यसपछि म जागिर छाड्न बाध्य भएँ ।

अलिजादा जस्तै अफगानिस्तानका अन्य महिलाहरू अब तालिबानको अधिनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् । अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ, इन्धनको लागत बढेको छ र रोजगारीका अवसरसमेत साँघुरिदै गएका छन् । जटिलता थपिँदै गएका छन् । यस विषयमा संयुक्त राष्ट्र सङ्घले समेत चासो व्यक्त गर्दै भनेको छ, ‘खाद्यान्न अभाव, उच्च मुद्रास्फीति र मुद्रामा गिरावटको डरले मानवीय आपत्कालीन अवस्थातिर देश अगाडि बढेको छ ।’

परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवाहरू बन्द हुने अवस्थामा छन् । अन्तर्राष्ट्रिय सहायता कटौती हुँदैछ र बाह्य सहायतामा निर्भर गतिविधिहरू बन्द हुँदैछन् र महिलाहरू थप प्रताडित हुने अवस्था सिर्जना हुनसक्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP