सोमबार , बैसाख २२, २०८२

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको बारेमा सत्ता पक्षले आफ्नो पोजिसन क्लियर गरेपछि मात्रै एमालेले त्यसबारे निर्णय लिने बताएका छन्।

बिहीबार एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससँगको भेटमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

एमसीसीबारे छलफल गर्न बिहीबार मात्रै नेपाल आइपुगेका सुमार र ब्रुक्सले बालकोट पुगेर ओलीसँग एमसीसीको समर्थन गर्न आग्रह गरेका थिए।

त्यसको जवाफमा ओलीले एमसीसीबारे सत्ता पक्षको पोजिसन हेरेर निर्णय लिने बताएको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले बताए।

भेटमा सहभागी भट्टराईले ओलीलाई उद्धृत गर्दै भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ। अहिले त्यसका लागि हामी जिम्मेवार होइनौँ। पहिला सत्ता पक्षले एमसीसीबारे आफ्नो पोजिसन क्लियर गरोस्। हामी त्यसपछि निर्णय लिन्छौँ।’

भेटमा ओलीले नेकपा एमाले अमेरिकासँगको स्वस्थ सम्बन्धको पक्षमा रहेको बताएका थिए। उनले एमसिसी उपाध्यक्ष सुमार तथा सहायक उपाध्यक्ष ब्रुक्सको नेपाल यात्रा सफल होस् भनी शुभकामना पनि व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP