शुक्रबार , भाद्र १२, २०८३

आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदैछन् । सामान्यतया हिन्दु धर्ममा मान्ने केही देशहरुमा मनाउने विशेष चाड हो हरितालिका तीज ।यो चाड तीन भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म ४ दिन सम्म मनाइन्छ । भगवान शिवको व्रत बसेर नाचगान गर्दै महिलाहरुले मनको वेदना पोख्ने चाडको रुपमा लिइन्छ । हिन्दु महिलाहरुले मनाउने तीजलाई अन्य धर्मका महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउने गर्छन ।

हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको शरीरमा केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन् ।

आफुले तपस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार ब्रत बसिन् । यसरी पार्वती निराहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।

यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दु नारीहरुले यसदिनलाई हरितालिका तीज चाडको रुपमा मनाउन थालेको मानिन्छ । हाम्रो समाजमा तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन् । विशेष त यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन् ।

दिनभरी व्रत बसेर साझमा भगवान शिवको आराधना गरेर गीत तथा नाचगान गर्ने चलन रहेको छ । घरमा महिलाले भोगेका दुख दिदीबहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन रहेको छ । यसरी छिमेकमा दिदी बहिनी जम्मा भएर रमाइलो गर्छन् । जन्मघर र आफ्ना आमा बुबा दाजु भाई दिदी बहीनी छाड्न बाध्य नारीहरुले यस दिन वर्ष भरीको सबै दुख बिर्सीएर रमाउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP