आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गरेका छन्। संघीय संसद्को अधिवेशन सुरु हुन एक दिनअघि मंगलबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले यसबारे अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने जानकारी दिए।

एमसिसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने उल्लेख गर्दै देउवाले नेपालको विकासमा एमसिसी अहिले एकाएक नआएको बताए। ‘निश्चित कानुनी प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट सरकारले प्राप्त गरेको अनुदान हो,’ उनले भने, ‘यो एउटा लोकतान्त्रिक मुलुकसँगको सम्बन्धको कुरा हो।’

विभिन्न राजनीतिक दलको नेतृत्वमा विगतमा गठन भएका सरकारले अघि बढाउँदै एमसिसी अहिलेको अवस्थामा आइपुगेको धारणा राख्दै देउवाले यसले मुलुकको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने दाबी गरे। उनले एमसिसी अनुदान भएको पनि स्पष्ट पारे। ‘यो विकासका लागि दिइएको अनुदान हो। यसमा धेरै राजनीति गर्न खोजियो,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने, ‘यसमा राजनीति गर्नु आवश्यक छैन। हामीले देश विकासमा अनुदान ल्याउने हो। ऋण घटाउने हो।’

बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा एमसिसी सुरु भएको जानकारी देउवाले दिए। केपी ओली नेतृत्वको सरकार (युवराज खतिवडा अर्थमन्त्री) का पालामा यसलाई संसद्बाट अनुमोदन गर्ने कुरा थपिएको बताउँदै देउवाले अहिले आएर निहुँ खोज्ने काम भएको धारणा राखे।

तत्कालीन प्रधानमन्त्री ओलीसहित सत्तारुढ दल संसद्बाट एमसिसी पारितको पक्षमा रहेको तर अहिले त्यसबाट पछि हट्न लागेको संकेत गर्दै देउवाले भने, ‘यसरी निहुँ खोज्ने हो भने देशको विश्वासनीयता कहाँ रहन्छ?’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP