
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै नक्कली विद्युत् ट्रान्सर्फमर किनेको आरोप लगाएका छन् ।
उनले नक्कली ट्रान्सर्फमर किनेकाले ट्रान्सफर्मरहरु थन्किएको दावी गर्दै उनले त्यस्तै व्यक्तिलाई सरकारले खोजी-खोजी ल्याएको बताए । सोमबार पोखरामा भएको पार्टीको कार्यकर्ता भेलामा बोल्दै ओलीले भनेका छन्, ‘एमाले आउनुअघि ल्याएको डुप्लिकेट ट्रान्सफर्मरको हेटौंडामा अहिले शहर नै छ, पैसा हालेर किन्यो, काम नलागेर राखेको । शहरैजस्तो छ ट्रान्सर्फमरको,’ उनले भनेका छन्,’कति बिगाह जमिनमा ट्रान्सर्फमरै ट्रान्सफर्मर छ ।’कुलमान घिसिङलाई प्राधिकरणका नियुक्त गरिएको र प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई अन्यत्रै नियुक्त गरिएकोप्रति उनले असन्तुष्टि पनि व्यक्त गरे । ओलीले अहिलेको सरकार बहादुर भएको भन्दै ‘त्यस्तै काम गर्ने मान्छेलाई खोजी खोजी-खोजी फिर्ता ल्याउँछ’ भन्दै कटक्ष पनि गरे ।
‘सहज ढंगले त्यस ठाउँमा हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले विस्थापित गर्छ । त्यो पनि मुद्दा छ अदालतमा,’ ओलीले भनेका छन् ।