मंगलबार , बैसाख २९, २०८३

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै नक्कली विद्युत् ट्रान्सर्फमर किनेको आरोप लगाएका छन् ।

उनले नक्कली ट्रान्सर्फमर किनेकाले ट्रान्सफर्मरहरु थन्किएको दावी गर्दै उनले त्यस्तै व्यक्तिलाई सरकारले खोजी-खोजी ल्याएको बताए । सोमबार पोखरामा भएको पार्टीको कार्यकर्ता भेलामा बोल्दै ओलीले भनेका छन्, ‘एमाले आउनुअघि ल्याएको डुप्लिकेट ट्रान्सफर्मरको हेटौंडामा अहिले शहर नै छ, पैसा हालेर किन्यो, काम नलागेर राखेको । शहरैजस्तो छ ट्रान्सर्फमरको,’ उनले भनेका छन्,’कति बिगाह जमिनमा ट्रान्सर्फमरै ट्रान्सफर्मर छ ।’कुलमान घिसिङलाई प्राधिकरणका नियुक्त गरिएको र प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई अन्यत्रै नियुक्त गरिएकोप्रति उनले असन्तुष्टि पनि व्यक्त गरे । ओलीले अहिलेको सरकार बहादुर भएको भन्दै ‘त्यस्तै काम गर्ने मान्छेलाई खोजी खोजी-खोजी फिर्ता ल्याउँछ’ भन्दै कटक्ष पनि गरे ।

‘सहज ढंगले त्यस ठाउँमा हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले विस्थापित गर्छ । त्यो पनि मुद्दा छ अदालतमा,’ ओलीले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP