सोमबार , अषोज २६, २०८३

नेपाल सुपर लिग महिला तथा पुरूष फ्रेञ्चाइज भलिबल लिग हुने भएको छ।

लिगका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट र नेपाल भलिबल संघबीच सम्झौता भएको छ।

लिगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ। संघले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टलाई जनशक्ति, कभर्डहल, विदेशी एंव स्वदेशी खेलाडीहरूको व्यवस्थापन गर्नेछ।

लिगबाट भएको नाफाको ३० प्रतिशत संघले पाउनेछ।

प्रथम संस्करण २०२१ को नोभेम्बर १७ देखि डिसेम्बर १७ तारिखसम्म हुनेछ। प्रतियोगितामा भाग लिने टिमको बारेमा अहिले जानकारी दिइएको छैन।

दोस्रो संस्करणबाट होम-अवेको आधारमा नेपालका विभिन्न शहरमा खेलाइने लक्ष्य राखिएको छ।

यसअघि नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले गत वैशाखमा नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल प्रतियोगिता आयोजना गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP