मंगलबार , बैसाख २९, २०८३

चीनले ४ जिल्लाका ११ ठाउँमा भूभाग अतिक्रमण गरेको विगतको सरकारी विवरण र हुम्लाका जनप्रतिनिधिको समेतको अध्ययनपछिको भनाईलाई आधार मानेर सरकारले अध्ययन कमिटी बनाएको हो । तर, ओलीले चीनले सीमा मिचेको छैन भन्नुमा उनी प्रधानमन्त्री हुँदा परराष्ट्र मन्त्रालयले नै विज्ञप्ति जारी गरी त्यस्तै भनाई पनि कारण हो । ओलीले प्रधानमन्त्री देउवामाथि भारतको नाम नलिई कसैलाई खुशी पार्न अध्ययन कमिटी गठन गरेको आरोप लगाए ।

ओली फेरि चीनप्रति नरम देखिएका छन् । उनले सीमा समस्या उठ्दा चीनको बचाऊ गर्ने गरी बोलेका थिए ।

तर, ओली भारतप्रति भने गरम देखिएका छन् । उनले सुदूरपश्चिम क्षेत्रमा भारतीय हेलिकोप्टर उडेको विषय उठाएका छन् । यसको सरकारी तहबाट कुनै औपचारिक पुष्टि भने भएको छैन । मंगलबार पोखरामा बोल्दै भारतले हेलिकोप्टर नेपाली भूभागमा उडाउँदा पनि सरकार तमासे भएको आरोप लगाए ।

ओलीले जयसिंह धामी तुइनमा खसालेर वेपत्ता भएको घटनामा पनि भारतप्रति कडा अभिव्यक्ति दिइरहेका छन् । तुइन घटनामा सरकारले कुटनीतिक नोट जारी गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा तुइन प्रकरणमा भारतको एसएसबी समेत उपस्थित भएको भनिएको छ ।

विगतमा पनि ओलीले भारतप्रति कडा अभिव्यक्ति दिएर लोकप्रीयता बढाउने काम गरेका थिए । उनले अहिले त्यही रणनीति अपनाएको विश्लेषण भइरहेको छ । तर, उनी चीनप्रति नरम नीति लिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

TOP