आइतबार , भाद्र १४, २०८३

माओवादी केन्द्र निकट युवा संगठन वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले गायकद्धय दुर्गेश थापा र भिटेनलाई भित्राउने बताएका छन् ।

वाइसीएल र अखिल क्रान्तिकारीको चितवनमा आयोजित संयुक्त भेलामा बोल्दै दीपशिखाले उक्त कुरा बताएका हुन् । ‘हामी भिटेन र दुर्गेश थापालाई पनि वाइसीएलमा ल्याउँछौं’ उनले भने ।

जनयुद्धमा बन्दुक बोकेर हिँड्ने युवाहरुको दस्ता वाइसीएल रहेकोमा परिवर्तित सन्दर्भमा प्रविधिको उपयोग हुने अत्याधुनिक युवाहरुलाई पनि संगठनमा ल्याउने तयारी रहेको दीपशिखाको भनाई थियो ।

दुर्गेश र भिटेनजस्ता युवाहरुलाई युवामा ल्याएर अब्बल दस्ता निर्माण गर्ने उनको भनाई छ । वाइसीएललाई सहरमा लोकप्रिय र सबैभन्दा ठूलो संगठन बनाइने उनको भनाई छ ।

‘समाजका सबै युवाहरुलाई हामी वाइसीएलमा ल्याउँछौं’ उनले भने, ‘एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाइसीएल बन्न लामो समय कुरेर क्रियशिल भइरहन जरुरी हुन्न ।’

सो इच्छाकामना भेलाले वाइसीएल अध्यक्षमा झलक गुरुङ र अखिल क्रान्तिकारी अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टीम निर्वाचित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP