सोमबार , बैसाख १५, २०८२

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले बुझेकाले मात्रै एमसिसीबारे बोल्न निर्देशन दिएका छन्।

बुधबार संघीय संसदको अधिवेशन सुरु हुने सन्दर्भमा बसेको संसदीय दलको बैठकमा देउवाले एमसिसीबारे अनाआवश्यक भ्रम सिर्जना भएकाल बुझेर मात्रै धारणा राख्न निर्देशन दिएका हुन्।

उनले एमसिसी परियोजनाबारे नबुझेकाले नबोल्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘एमसिसीबारे चाहिने भन्दा नचाहिने कुरा बाहिर आएको छ। तपाईंहरु बुझेकाले यसको बारेमा बोल्नुहोस्, नबुझेकाले नबोल्नुहोस्।’

बैठकमा सभापति देउवाले एमसिसी एकैपटक आएको नभई यसमा सबै दल र सरकारले विभिन्न प्रक्रिया अघि बढाएकाले पारित गर्नुपर्ने धारणा राखेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

बैठकपछि देउवाको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘एमसिसी नेपालमा एकाएक आएको होइन, प्रक्रिया पूरा गरेर आएको हो। यसमा धेरै दलहरुको सहभागी छ। प्रतिस्पर्धाका आधारमा नेपालमा आएको हो। अब संसदले अनुमोदन गरेर हिजोको निरन्तर प्रक्रियालाई अघि बढाउने मात्रै हो। जुनसुकै सहयोगमा पनि शर्तहरु हुन्छन्।’

संसद अधिवेशन आह्वान भएसँगै फेरि एमसिसीको पक्ष विपक्षमा चर्को मतभेद सुरु भएको छ। सरकारमै सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादी परिमार्जनसहित एमसिसी संसदले अनुमोदन गर्नुपर्ने पक्षमा उभिएका छन्।

शुक्रबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले जस्ताको त्यस्तै अवस्थामा एमसिसी पारित नहुने बताएका छन्।

बैठकमा सभापति देउवाले सांसदहरु बैठकमा उपस्थित हुुन र प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। उनले छिट्टै सरकारले पूर्णाता पाउने र संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले सांसदहरुलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरेको सचेतक भुसालले जानकारी दिइन्।

संसदीय दलको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले तुइन घटनाका बारेमा भारतलाई कुटनीतिक नोट पठाइएको जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP