मुग्लिन–नौबिसे सडक बन्द भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगीमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी नै बन्द भएको प्रहरीले जनाएको छ ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट टोली खटिएको छ । सडक विभागको टोली आवश्यक उपकरणसहित खटिएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो ।
ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने पनि उहाँले जानकारी दिनुभयो ।