आइतबार , भाद्र १४, २०८३

सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको छ ।

गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत कूटनीतिक नोट पठाएको हो । एक मन्त्री भन्छन्, ‘छानविन समितिको प्रतिवेदनअनुसार हामीले कूटनीतिक पहल थालेका हौं ।’१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।

समितिले प्रतिवेदन बुझाएपछि भारतीय विदेश मन्त्रालयले भने छानविन समितिको प्रतिवेदन आन्तरिक भएको र यसबारे आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP