आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलको लक्ष्मीनगर र ज्योतिनगरको बस्तीलाई सुरक्षित स्थानमा सार्न र पहिरो नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार ज्योतिनगर र लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पौडेलले पहिरो नियन्त्रणलाई तीनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले छिटो पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउनु सरकारको दायित्व भएको भन्दै त्यसबाट पन्छिन नमिल्ने बताए ।

रूपन्देही क्षेत्र २ का सांसदसमेत रहेका पौडेलले प्राविधिक सहयोग, बजेट र जनशक्तिको यथाशीघ्र व्यवस्था गरेर बस्ती र प्रभावित परिवारहरूलाई पुनर्स्थापित गर्न सरकारसमक्ष माग गरेका छन् । पहिरो नियन्त्रण र विस्थापितहरूलाई पुनर्स्थापित गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने जनाउँदै उनले अब बस्ने संसदमा समेत यस विषयमा आवाज उठाउने बताए ।

बुटवल वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगरमा गत साता पहिरोले १० घर पूर्ण रूपमा पुरिएका छन् भने ६६ भन्दा बढी घर पहिरोसहितको लेदो पसेर बस्न नमिल्ने भएका छन् ।

यहाँ केही वर्ष अगाडि पहिरो जाँदा ५७ घर पुरेको थियो । बेला बेला पहिरो आउँदा यहाँका बासिन्दा त्रसित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP