सोमबार , अषोज २६, २०८३

विश्वकप छनोट अन्तरगत ब्राजिल र अर्जेन्टिनाबीचको खेल शुरु भएको केही मिनेटमा नै रद्द भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ को क्वारेन्टिन प्रोटोकल उल्लंघन गर्ने तीन अर्जेन्टिनी खेलाडीहरुको सहभागिताको विषयमा प्रश्न उठाएपछि खेल रद्द भएको हो ।

कोरिन्थियान्स एरिनामा स्वास्थ्य अधिकारीहरु मैदानमा नै प्रवेश गरेपछि पाहुना टोलीले मैदान छाडेको थियो । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले इंग्ल्याण्डमा व्यवसायिक फुटबल खेल्ने अर्जेन्टिनी खेलाडीहरु क्वारेन्टिनमा बस्नुपर्ने माग गरेका थिए । अधिकारीहरुले खेलाडीको नाम नलिए पनि यसमा प्रिमियर लिग क्लबमा आबद्ध एस्टन भिल्लाका एमिलियानो बुएनडिया र एमिलियानो मार्टिनेज तथा टोटनहम हटस्पर्सका जियोभानी लो सेल्सो र क्रिस्टियन रोमेरो रहेका छन् । मार्टिनेज, लो सेल्सो र रोमेरोले साउ पाउलोमा भएको खेलमा शुरुवात गरेपछि अधिकारी मैदानमा नै प्रवेश गरेर अवराेध गरे ।

दुई टोलीबीच हुने खेलको अर्को मिति तय गरिएको छैन । अर्जेन्टिनी खेलाडीहरु भने आफ्नो घरेलु मैदानमा बोलिभियाविरुद्ध शुक्रबार हुने विश्वकप छनोटको अर्को खेलको तयारीमा लागेको छ । फिफाले खेल स्थगित भएको जानकारी दिँदै यसबारे थप जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP