आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेले माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीका लागि अरु पार्टीका नेता कार्यकर्ताले आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको आरोप लगाएको छ । पार्टी विभाजित भएपछि २१ दिनभित्र नेपालको पार्टीमा सनाखत गराउन चाहने समय आयोगले जनप्रतिनिधिलाई दिएकामा सो दलमा लाग्नका लागि आफ्ना पार्टीका जनप्रतिनिधिलाई धम्की आएको सो पार्टीले आरोप लगाएको हो । कुन पार्टीबाट धम्की आएको हो भन्नेचाहिँ एमालेले किटान गरेको छैन ।

आइतबार एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नका लागि अरु पार्टीका नेता कार्यकर्ताहरूले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने प्रष्ट भएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP